arrow

राष्ट्रिय फुटभलीमा काठमाडौं खेलकुद समाज र गजराज जोशी ट्रष्टको विजयी सुरुवात

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
foot-volley.jpg

काठमाडौं । कपन ह्याण्डबल मैदानमा मंगलबारबाट सुरु भएको राष्ट्रिय फुटभली प्रतियोगीतामा काठमाडौं खेलकुद समाज र गजराज जोशी ट्रष्टले विजयी सुरुवात गरेका छन् । 

कपनस्थित ह्याण्डबल मैदानमा भएको खेलमा काठमाडौं खेलकुद समाजले केयुसीटि कलेजलाई १३–१८, १८–१५, १८–१५ ले पराजित गरेको थियो । 

दोस्रो खेलमा गजराज जोशी ट्रष्टले चाबहिल स्र्पोटस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भयो ।

प्रतियोगीतमा विभिन्न जिल्ला गरेर २० टिमको सहभागीता रहेको छ । प्रतियोगीताका उद्घाटन पूर्व राज्य मन्त्री एवम् संसाद दिपक खड्काले गरेका थिए । 

उद्घाटन कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, फुटभली संघका महासविच एवम् जिखेविस अध्यक्ष दामोदर भट्टराई, फुटभली संघका अध्यक्ष मनिष जोशी लगायतले आफ्नो धारणा राखेका थिए ।  

कार्यक्रममा अन्तर्राष्ट्रिय वादो कराँतेका अध्यक्ष सुर्दशनराज विष्ट,ह्याण्डबल संघका उपाध्यक्ष रामकृष्ण के.सी., महासचिव सन्देश रेग्मी, बुढानिलकण्ठ वडा नं ११ का अध्यक्ष राजु अधिकारी, १२ का अध्यक्ष शम्भु भट्राई लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगीताको समापन भदौ १६ गते हुने आयोजकले बताएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ