arrow

सुनसरीमा गैरसरकारी संस्था पनि बाढीपीडितलाई राहत बाँड्न सक्रिय

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
sunsari-flood.JPG

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७२५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ । 

संस्थाले केही दिन अगाडि आएको विनाशकारी बाढीबाट पीडित भएकालाई लक्षित गर्दै १५ दिन खान पुग्ने राहत वितरण गरेको छ । युनाइटेड मिसन टु नेपाल र चन्द्रमुखी क्लब सिएमसी, चिमडीको संयुक्त आयोजनामा राहत वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले बताए । 

मिसन टु नेपालले विभिन्न दाताबाट आएको राहत सो गाँउपालिकाका वडा नम्बर ३ र ४ कप्तानगंजका बाढीपीडितलाई राहत वितरण गरेको हो । 

गाउँमा साउन २७ गते आएको बाढी र डुबानले पीडित बनेका ७५० बाढीपीडित परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न तथा ओछ्याउने, ओड्ने, सरसफाइ गर्ने, नुहाउने र अन्य सामग्री वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ