arrow

विद्युत सेवा अझै सूचारु नहुँदा ३५० घर परिवार डेढमहिनादेखि अन्धकारमा

logo
कौरव खत्री,
प्रकाशित २०७४ भदौ १४ बुधबार
edit-hydro-bhari-babai-project.jpeg

गुल्मी । गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको विद्युत सेवा अझै सूचारु हुन सकेन । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा सञ्चालित परोपकार सहकारी जलविद्युत परियोजना गत असार २९ गते मुसिकोट नगरपालिका १ पौदीअमराईमा रहेको ५० केबीको ट्रान्समिटर जलेर अबरुद्ध भएको जलविद्युत सूचारु हुन नपाउदै फेरि परियोजनाको नहर भत्केपछि थप समस्या भएको छ ।

जलेको ट्रान्समिटर मर्मत संम्भार गरेर जडान गरेता पनि वत्ति बाल्न नपाउदै विद्युतको नहर भत्केपछि आफूहरुलाई थप समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकास श्रेष्ठले जानकारी दिए । १३५ किलोवाट क्षमता भएको विद्युत परियोजना अबरुद्ध भएसँगै सोही वडाका  करिव ३ सय ५० घरधुरीका उपभोक्क्ताहरु डेढ महिनादेखि अन्धकारमा बस्दै आएका छन् भने विद्युत सेवा बन्द भएपछि विजुली बत्ति,उद्योग धन्दा, कुटानी पिसानी,लगायत विद्युतीय यन्त्र समेत ठप्प भएका छन् ।

लामो समयदेखि विद्युत सेवा ठप्प भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई घरमा विजुली वत्ति नहुदा लेखपढमा समस्या हुनुको साथै मोवाइल फोन सेवा बन्द हुदा निकै समस्या भइरहेको स्थानीय समाजसेवी श्रेष्ठले जानकारी दिए ।

यता भत्केको विद्युत नहरमा वाल लगाउने काम तिव्र गतिमा भइरहेको हुदा विद्युत सेवा सूचारु हुन करिव एक हप्ता लाग्ने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ