arrow

सलमानको चलचित्र सेटमा १० हजार राउण्ड फायरिङ् हुँदै

'एक्सन'का लागि झिकाइयो हलिउडबाट निर्देशक

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार

एजेन्सी । बलिउड अभिनेता सलमान खानको आगामि चलचित्र 'टाइगर जिन्दा हे' को सुटिङ अवुधावीमा भइरहेको छ । चलचित्रको क्लाइमेक्स सुट भइरहेको छ जुन २२ दिन सम्म चल्नेछ । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रको क्लाइमेक्स सुटको क्रममा करिब १०  हजार राउण्ड फायरिङ् हुनेछ ।  

क्लाइमेक्समा सलमान एक्शन सीनमा देखिनेछन् । सो कुराको जानकारी चलचित्रका निर्देशक अली अब्बास जफरले आफ्नो ट्वीटरमा दिएका छन् । साथै निर्देशक अब्बास चलचित्रको क्लाइमेक्स सुटिङलाई लिएर उत्साह र उदास रहेको पनि लेखेका छन् ।


निर्देशकले चलचित्र 'टाइगर जिन्दा हे' को सुटिङसँग सम्बन्धित तस्विर आफ्नो ट्वीटर एकाउण्डमा सेयर गरेका छन् । 'टाइगर जिन्दा हे' सन् २०१२ मा  रिलिज भएको चलचित्र 'एक था टाइगर' को सीक्वल हो । चलचित्रमा सलमानसँग कट्रिना रहने छिन् ।

 अहिले सम्म चलचित्रको सुटिङ अस्ट्रिया र अवुधावीमा भएको छ । एक्शन सीनको लागि चलचित्रमा हलिउडबाट स्टन्ट डाइरेक्टर  टम स्ट्रूथर्सलाई झिकाइएको छ । चलचित्र २०१७ को क्रिसमसमा  रिलीज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ