arrow

अष्ट्रेलियाविरुद्द बङ्गलादेशको ऐतिहासिक जित

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
267559.jpg

अष्ट्रेलियाविरुद्दको पहिलो टेष्टमा बङ्लादेश २० रनले विजयी भएको छ। पछिल्लो समय सिमित ओभरको क्रिकेटमा बलियो प्रदर्शन गर्दै आएको बङ्गलादेशले हाल विश्व टेष्टमा बलियो मानिएको टोलीविरुद्द जित हात पार्नुलाई विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थितिको रुपमा लिइएको छ।

मिरपुरस्थित शेर बङ्गला क्रिकेट खेलमैदानमा भएको खेलमा टस जितेर व्याटिङ्ग रोजेको घरेलु टोलीले पहिलो इनिङमा शकिव अल\हसन तथा तमिम एकवालको क्रमश ८४ र ७१ रनको मद्दतले २ सय ६० रन जोडेको थियो। बलिङ्गमा अष्ट्रेलियाका लागि नर्थन लायन,आगर तथा म्याक्सवेलले समान ३-३ विकेट हात पारेका थिए।
 
जबाफमा व्याटिङ्गमा उत्रिएको अष्ट्रेलियाका लागि कुनै पनि व्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसककेपछि अष्ट्रेलियाले २ सय १७ रन मात्र जोड्न सक्यो । अष्ट्रेलियन व्याटिङ्ग लाईनअप ध्वस्त पार्ने क्रममा बङ्लादेशका शकिब अल हसनले ६८ रन दिदै ५ विकेट लिएका थिए भने अर्का बलर मेहदी हसनले ३ विकेट झारेका थिए।

४३ रनको अग्रतासाथ आफ्नो दोस्रो इनिङ सुरु गरेको बङ्गलादेशले आफ्ना ओपनर तमिम एकवालको ७८ रनको मद्दतले २ सय २१ रन बनाएको थियो। स्पिनर्सको दबदबा रहेको दोस्रो इनिङगमा अष्ट्रेलियाका नर्थन लायनले ६ विकेट हात पारेका थिए।  

२ सय ६५ रनको विजयी लक्ष्य सहित मैदानमा व्याटिङ्गका लागि उत्रिएको अष्ट्रेलिया बङ्गलादेशका स्टार शकिब अल हसनले उत्कृष्ट प्रदर्शन गर्दे ५ विकेट हात पारेपछि २ सय ४४ रनमा समेटिन पुग्यो । उसकालागि डेविड वानरले १ सय १२ रनको शतकीय पारि खेलेपनि आफ्ना टोलीको हार टार्न भने सकेनन् । खेलको 'म्यान अफ दि प्लेयर’ बङ्गलादेशका शकिब अल हसन घोषित भए। यो जितसगै २ खेलको टेष्ट श्रृखंलामा बङ्लादेशले १-० को अग्रता लिएको छ। अन्तिम टेष्ट चटगाउँमा सेक्टेम्बर ४ बाट सुरु हुनेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ