arrow

नाडामा देखिए मध्यम वर्गले किन्न सक्ने सस्तादेखि करोडौ मुल्यका गाडी

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
nadacar.jpg

एजेन्सी । राजधानीको भृकुटिमण्डपमा सवारीको कुम्भ मेला  'नाडा अटो शो-२०१७' सुरु भएको छ । १२औं संस्करण नाडा अटो शो  मंगलबार देखि संचालन भएको हो । 


प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तीय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहेका छन् । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका चार पाङ्ग्रे , १९ ब्रान्डका दुई पाङ्ग्रे  र ६ वटा ब्रान्डका  हेभी कमर्सियल सवारी साधन रहेका छन् ।


नाडामा यस पटक सस्तो देखि  महँगो गाडी गाडी प्रदर्शनमा छन् । यी सवारीको अवलोन गर्ने, जानकारी लिने र वुकिङ गर्ने भीड समेत बाक्लै देखिएको छ ।   सस्तोमा  पन्ध्र लाख देखि साढे महँगोमा  ३  करोड सम्मका गाडि प्रदर्शनमा रहेका छन् ।     किया, हुण्डाइ, रेनाल्ट लगायतका व्राण्डले  केही सस्ता गाडी शोमा ल्याएको छ भने  फोर्डले प्रदर्शनीलाई भनेर ३ करोड ५० लाख भन्दावढीको  गाडि ‘मुस्ताङ’ ल्याएको छ । त्यस्तै टाटाले महंगोमा मोटर्स्को हेक्जा गाडि ल्याएको छ । सोको मूल्य ७४ लाख ९५ हजार रुपैयाँ छ ।

सुजुकी मोटर्सले इग्निस र डिजायर फेसफ्टि दुई नयाँ गाडी ल्याएको छ । इग्निसको बजार मूल्य २८ लाख ८९ हजार देखि ३५ लाख १९ हजार रुपैयाँ सम्म छ भने फेसलिफ्टको बजार मूल्य ३० लाख ८९ हजार देखि ३७ लाख ३९ हजार सम्म छ ।

यस्तै, डटसनले पनि २२ लाख ६९ हजारमा विभिन्न अफर डिस्काउण्ट सहित डटसन गो नाडामा राखेको छ । होण्डाको बीआरभी पनि मेलामा छ । मेला  भदौ १८ गतेसम्म सञ्चालन हुनेछ ।


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ