arrow

राष्ट्रिय खेल भएपछि भलिबलमा सुधार, नेपालले बंगलादेशविरुद्ध दुवै खेल जित्यो 

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
x3.jpg

काठमाडौँ । नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । 

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । 

यसअघि मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो । 

पहिलो सेटमा १९–२५ पराजय भोगेको नेपालले दोस्रो सेट २५–२२ को आफ्नो पक्षमा पार्‍यो । त्यसपछिको तेस्रो सेट भने नेपाल बंगलादेशसँग २०–२५ ले पराजित भएपनि चौथो र पाँचौ सेट आफनो पक्षमा पार्‍यो । 

नेपालले बंगलादेशलाई चौथो सेट २५–२२ र अन्तिम सेट १५–८ ले हराउँदै नेपालको जित पक्का भयो । 

सरकारले भलिबललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ