arrow

संविधानमा ‘हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि’ लेख्न माग

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
hindu-symbols-60a.jpeg

काठमाडौँ । राष्ट्रिय शिवसेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ । 

यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि भनेर संविधानको प्रस्तावनामा समावेश गर्नुपर्ने माग गरे । 

मुलुकको विद्यमान राजनीतिक अस्थिरता र अन्योललाई दलहरुले निकाश दिन नसकेमा मुलुकको अस्तित्व नरहने बताउँदै उनले देश विभाजन, विखण्डन र विघटन हुनसक्ने खतरा औँल्याए । 

अध्यक्ष बमले भने– “देशको राष्ट्रियता, स्वाभिमान जोगाउन जनताले चाहेमा संवैधानिक राजसंस्थालाई आलंकारिक रुपमा निरन्तरता दिनुपर्छ ।” 

यही भदौ २८ गते भष्ट्राचारका विरुद्धमा काठमाडौँमा विभिन्न दबाबमूलक कार्यक्रम गरिने बताइएको छ । 

विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा करिब ४० जना प्रवेश गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ