arrow

कोशी अञ्चल अस्पतालमा थपियो सेवा, अब क्यान्सर रोग सहजै पत्ता लाग्ने

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ १५ बिहिबार
koshi_anchal_aspatal1.jpg

विराटनगर । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव क्यान्सरको सहज रुपले चेकजाच गर्न सकिने भएको छ ।  क्यान्सरका विरामीहरुको रगतमा हुुने परिवर्तन परिक्षणगरी  प्रारम्भिक अवस्था र क्यानसर भए नभएको वारे सहज रुपले जानकारी पाउन सकिने भएको हो । अस्पतालले भिडियो इण्डोस्कोपी–इकोकोडियोग्राफी तथा सिएलआइए मे्शिनद्धारा हार्मोन तथा टिउमर मार्करसेवा संचालनमा ल्याएपछि  क्यान्सरका  विरामीहरुले  प्रारम्भिक सेवा पाउने भएका छन ।

करिव ३२ लाख रुपैयाँको लागतमा अस्पतालले उपकरण खरिद गरी सेवा संचालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले बताए । उपकरण संचालनमा आएपछि क्लिया प्रविधिवाट टयुमर तथा शरीरमा भएका गाँठाहरु जाँच गरेर क्यान्सर छ वा छैन भन्ने कुरा सहजै पत्तालाग्ने डाक्टर पोखरेलको भनाई छ । 

यसबाहेक सो उपकरणबाट इण्डस्कोपी मार्फत मुख र मलद्धारवाट पेटका सवै भाग हेर्न सकिने भएकाले विरामी उपचार सहज रुपले हुने जनाइएको छ । उक्तसेवाको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर रामेश्वरलाल करुवाले उद्घाटन गरे । अस्पताले स्वास्थ्य मन्त्रालयलाई सेवाका लागि स्वीकृति माग गरेको थियो । सो उपकरणवाट उपचारका लागि अस्पतालमा दैनिक १० देखी १२ जनासम्म विरामी आउने गरेका छन । उपकरणको प्रयोगवाट एक मिनेटमा विरामीको रोग पतालगाउन सकिने डाक्टर करुवाको भनाई छ । 

उपकरण संचालनका लागि तीनजना डाक्टर परिचालन गरिएको छ । अस्पतालले सो उपकरणको चेकजाँचमा बाहिरभन्दा ५० प्रतिशत छुटमा सेवा दिने जनाएको छ । बाहिरभन्दा ५० प्रतिशत छुटमा सेवा दिनेगरी अस्पतालले  व्यवस्था मिलाइएको डा पोखरेलको भनाई छ । यस अघिपनि अस्पतालमा इण्स्कोपी सेवा भने सञ्चालनमा थियो । अस्पतालले २०४१ सालदेखी इण्डसकोपी सेवा संचालनमा ल्याएको हो । काठमाडौंपछि विराटनगरमा इण्डोस्कोपी सेवा सञ्चालनमा आएको डा पोखरेलले बताए । सो उपकरण पुुरानो भएपछि अस्पतालले नयाँ प्रविधिको इण्डस्कोपी सहितको  मेशिन खरिद गरेको जनाएको छ । 

पूर्वाञ्चलकै सवैभन्दा ठूलो सो अस्पतालमा पुुर्वका १६ वटा जिल्ला सहित भारतवाट समेत उपचारका लागी विरामी आउने गरेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ