arrow

राप्रपा प्रजातान्त्रिक सरकारमा जान तयार, को–को जाँदै छन् मन्त्री खान ?

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
pasupati_rana.jpg

काठमाडौं । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सरकारमा जान तयार भएको छ । राप्रपा प्रजातान्त्रिकले आन्तरिक छलफलबाट सरकारमा जानेहरुकाको नाम समेत लगभग ढुंगो लगाएको छ ।

राप्रपा प्रजातान्त्रिक सरकारमा जान तयार भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तराईतिरै रहेकाले सपथ खाने दिन यकिन भएको छैन । राप्रपाका एक नेताले भने, ‘हामी सरकारमा जाने पक्का भइसक्यो । सरकारमा सहभागि मुख्य दलका नेताहरु बाहिर छन् । उहाँहरुबीच सल्लाह भएपछि सपथको टुंगो लाग्छ ।’

प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहाल फर्किएलगत्तै सपथको टुंगो लाग्नेछ । सरकारमा सहभागि हुनेबारे राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा–छुट्टै छलफल गरिसकेका बताइएको छ ।

राप्रपा प्रजातान्त्रिकलाई भनेर देउवाले ४ मन्त्री र २ राज्यमन्त्रीको ठाउँ खाली राखेका छन् । राप्रपा प्रजातान्त्रिकले सुनिलबहादुर थापा, विक्रम पाण्डे, दीपक बोहरा, रामकुमार सुब्बा र रेशम लामाको नाम अघि सारेका छन् । राप्रपा प्रजातान्त्रिकबाट ४ मन्त्री र २ राज्यमन्त्री थपिएपछि देउवा सरकार ५६ सदस्यी हुनेछ । उनले बहुदल आएपछि बनेको सरकारको मन्त्रिपरिषद् सदस्यको रेकर्ड तोड्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ