arrow

गुगलले नेपालमा सरभर स्तराेन्नति नगर्दा प्रयोगकर्तालाई सास्ती

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
google-oklahoma.jpg

काठमाडौं ।  गुगलले नेपालमा रहेको  सरभर स्तराेन्नति (अपडेट) नगरेका कारण  नेपालका इन्टरनेट प्रयोगकर्ताले सास्ती भोग्न बाध्य भएका छन् । प्रयोगकर्ताले  गुगलका एप्लिकेसन्स  जिमेल , यूट्युब     ढिलो खुल्ने समस्या रहेको गुनासो गरेका छन् । प्रयोगकर्ताका गुनासोका आधारमा   इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले  विगत केही हप्ता देखि गरेको खोजिबाट  गुगलले नेपालमा रहेको  सरभर स्तराेन्नति (अपडेट) नगरेका कारण  सो समस्या आएको जनाएको छ ।

गुगलले ४ बर्ष देखि नेपालका स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्नो सरभर राखेको थियो । गुगलले  आफ्नो एप्लिकेसन्सको क्षमता सुधारका लागि सो सरभर राखेको हो ।  तर पछिल्लो समय गुगल आफैले आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।

 सोहि कारण  गुगलले यहाँका कम्पनीहरुमा रहेको सरभरलाई स्तराेन्नति गरेको छैन । त्यसैले इन्टरनेटको  बढी प्रयोग हुने  समय (वेलुका) मा सरभरको क्षमता अपुग भएको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार अनुरोध गरेपनि सरभर स्तरउन्नोति गरेको छैन भने गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरेको छ ।

 बिहिबार आएस्पानले एक विज्ञाप्ति जारि गर्दै गुगलले सरभरको स्तरउन्नोति नगरेसम्म प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति क्षमा मागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ