arrow

कानुन अभावले प्रदेश र प्रतिनिधि सभाको चुनाव रोकिदैन : मन्त्री थापा

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
yagya_thapa.jpg

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कानुन अभावकै कारण नरोकिने बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनको अभावले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नरोकिने बताएका हुन् ।

उनले भने,‘निर्वाचनलाई चाहिने ऐन तथा कानूनहरु उपलब्ध गराउनका लागि केही ढिलासुस्ती अवश्य भएकै हो, तर निर्वाचन आयोग पूर्ण रुपमा आश्वस्त रहोस् कि निर्वाचनलाई चाहिने कानून अभावका कारण निर्वाचन कुनैपनि हालतमा रोकिँदैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यति दिन वा उति दिन भनेर आफूले अहिल्यै नै एकिनका साथ भन्न नसकेपनि छिटो भन्दा छिटो कानुन आयोगलाई दिने विश्वास दिलाए । उनले थपे,‘एक हप्ता भनेर म किटान गरेर भन्न सक्दिन् तर छिटो हामी कानून दिन्छौं ।’

मन्त्री थापाले निर्वाचनसम्बन्धी कानुनबारे अहिले संसदको राज्य व्यवस्था समितिमा गहन छलफल भैरहेको र त्यसमा केही संशोधनको समेत कुरा उठिरहेकोले यति नै दिनभित्र कानुन उपलब्ध गराउन सकिन्छ भनेर दाबा गर्न नसकेपनि चाँडै आयोगलाई कानुन दिने स्पष्ट पारे । उनले भने, ‘काुनन दिनेबारे अब कुनै शंका नगरौं, यो रेडिमेड कपडा पसलमा गएर सुट किनेजस्तो होईन, हामी कानुन अब चाँडै उपलब्ध गराउँछौं ।’

थापाले स्थानी तहको असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने बताए । उनले थपे,‘कांग्रेस ठूलो र पूरानो पार्टी हो, खाईलाग्दो पार्टी हो, म त भन्छु कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ, तर यदि आवश्यक पर्यो भने छलफल गरेर अन्य दलसँगपनि चुनावी तालमेल गर्न सकिन्छ ।’

त्यस्तै उनले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी नै पहिलो बन्ने समेत दाबी गरे । ‘विगतमा कांग्रेसले गरेको गल्तीबाट पाठ सिकेको छ, अब हुने निर्वाचनमा हाम्रो पार्टी नै पहिलो हुन्छ, यो मेरो ठोकुवा मात्रै होईन दाबा पनि हो,’ उनले भनेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ