arrow

पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोको हत्याका पाँचजना आरोपी निर्दोष ठहर

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
benazir-bhutto-a-fight-against-extremism-1482825573-8355.jpg

इस्लामावाद (पाकिस्तान)। पाकिस्तानी एक विशेष अदालतले आतङ्कवाद विरोधि अदालतले पूर्व प्रधानमन्त्री बेनजिर भूट्टोको हत्यामा सम्लग्न भनी आरोपित पाँच जनालाई बिहीबार सफाई दिएको छ ।

दुई पटक प्रधानमन्त्री बनेकी पाकिस्तानी राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी भूट्टोको पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा हत्या भएको थियो । भूट्टोलाई सन् २००७ को डिसेम्बर २७ मा चुनावी सभामा सम्बोधन गर्ने क्रममा हत्या भएको थियो ।

पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ठहर गरेको छ । उक्त हत्या अभियोगमा आइतजाज शाह, शेर जमान, हुसैन गुल, मुहम्मद रफाकत र रसीद अहमदलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

अदालतले उक्त घटनामा उच्च पदाधिकारीको सुरक्षामा आवश्यक सतर्कता नदेखाएको साथै अपराध भएको ठाउँबाट तथ्य लुकाएको अभियोगमा वरिष्ठ प्रहरी अधिकारी साउद अजिज र खुराम शेहजादलाई १७ बर्षको जेल सजाँए तोकेको छ ।

भुट्टो प्रधानमन्त्री रहेकै समयमा उहाँको सुरक्षामा प्रत्यक्ष जिम्मेवार रहेका दुवै जनालाई घटना शङ्काको सूचीमा समावेस गरिएको छ । उनीहरू दुवैलाई भुट्टोको मृत शरीरको अन्तिम परीक्षण गर्नसमेत नदिई तथ्यलाई लुकाउने काममा सहयोग पुर्‍याएको आरोप लगाइएको थियो ।

सोही अदालतले पाकिस्तानका भूतपूर्व राष्ट्रपति जेनरल परवेज मुशर्रफलाई मुद्दाको सुनुवाईको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको छ । उनलाई पनि बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको छ । तर उनि गत वर्षदेखि नै स्वनिर्वासनमा छन् । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ