arrow

तिनाउ गाउँपालिकाको बजेट ३१ करोड ३४ लाख रुपैयाँ

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
Palpa_District.png

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले रु ३१ करोड ३३ लाख ९८ हजार १३८ रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रममार्फत प्रत्येक वडामा रु एक करोडभन्दा बढी रकम पूर्वाधारको विकासमा खर्च गर्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले विहिबार भएको पत्रकार सम्मेलनमा बताए । 

तिनाउ गाउँपालिकामा केन्द्रीय अनुदान रु १५ करोड १५ लाख ३० हजार, केन्द्रीय अनुदान (शर्तअनुसार) मा रु ११ करोड आठ लाख ३५ हजार, सामाजिक सुरक्षातर्फ रु दुई करोड ६५ लाख, गत वर्षको जिम्मेवारी सरेको रकम रु ९१ लाख ८३ हजार १०० रहेको अध्यक्ष घर्तीले बताए ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट रु एक करोड ३३ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार, समुद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ भदौ १० गते शुरु भएको प्रथम गाउँसभाले प्रत्येक वडा तथा गाउँपालिकाको विकासका लागि बजेट विनियोजन गरेको छ । 

२० वर्षपछि निर्वाचित जनप्रतिनिधिले स्थानीय तह बजेट विनियोजन गरेपछि सर्वसाधारणहरु खुसी देखिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ