arrow

रुकुममा भुकम्पीय जोखीमको अवस्थाका बारेमा विशेषज्ञ टोलीले गर्‍यो अनुगमन

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
rukum_5province_district_map.png

रुकुम। पश्चिम रुकुममा भुकम्पीय जोखीमका घटना कम गर्नको लागि अमेरिकाको एक भुकम्प  विशेषज्ञ सहितको टोलीले यहाँका संरचनाको निरीक्षण गरेको छ । भुकम्पका कारण धनजनको क्षति नहोस भनेर जिल्लामा रहेको एक गैर सरकारी संस्थाको कार्यक्रम अनुसार यहाँका संरचनाको अनुगमण तथा निरीक्षण गरिएको हो ।

युएसआईडीको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा सञ्चालित पहल कार्यक्रम अन्तरगतको विपद जोखिम न्यूनिकरण कार्यक्रमबाट विशेषज्ञ टोलीले जिल्लामा निर्माण भएका घर, विद्यालय, अन्य सरकारी भवन, खानेपानीका संरचना, विद्युत विस्तारमा भुकम्पीय जोखिमको अवस्थाको बारेमा निरीक्षण गरेको छ ।

अमेरिकाका केविन क्लब, लालरिनपुल तलु, मन्दासिर प्रनव सेटनी लगायतका भुकम्प विशेषज्ञ इन्जिनियरहरुले निरीक्षण गर्नुका साथै यहाँका सरोकारवालाहरु सँग अन्तरक्रिया तथा छलफल समेत गरेको पहल कार्यक्रमका जिल्ला संयोजक उदय केसीले जानकारी दिए ।

 टोलीले जिल्लाको मुसिकोट नगरपालिकामा निर्माण भएका घरहरु, खानेपानी संरचना, विद्युत वितरणको अवस्था लगायतको बारेमा निरीक्षण गरेको छ । यसका साथै भुकम्पीय जोखीमलाई कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा पनि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ