arrow

सेजन अध्यक्षमा आचार्य निर्वाचित

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
sejon.jpg

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।  

 शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे। कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन् ।  

त्यसैगरी सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे(१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिए  । नवनिर्वाचित अध्यक्ष आचार्यले  पत्रकारको क्षमता विकास गर्न तालिम तथा अन्य गतिविधिलाई बढावा दिने र आर्थिक पत्रकारलाई मुलुकको अर्थतन्त्रको सन्दर्भ सामग्रीका रुपमा समेत विकास गर्न पहल गरिने बताए ।

अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत आचार्य ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील छन् ।  अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ