arrow

१० वर्ष भित्र सुदूरपश्चिममा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
deuba_sudurpaschim.jpg

महेन्द्रनगर (कञ्चनपुर‌)। प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट हुने दाबी गरेका छन्। केही दिन अगाडि भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सकिना साथ पश्चिम नेपालको महेन्द्रनगर पुग्नु भएका काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको बताए। 

भीमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदीमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार विहान नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब सात नम्बर प्रदेशको विकासको ढोका खुलेको उद्घोष गरे।

नेपाली काँग्रेशका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारतसँग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, पञ्चेश्वर परियोजनाको गतिलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिमकै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसँग गहन छलफल भएको बताए। 

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संविधानको सफल कार्यान्वयनका लागि आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयसीमा भित्रै गर्न आफ्नो नेतृत्वको सरकार लागि परेकोले सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ