arrow

तरुणदल मोरङले २० लाख वढिको राहत समाग्री वितरण

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ १७ शनिबार
tarun-dal-morang.jpg

विराटनगर। नेपाल तरुणदल मोरङले २० लाखभन्दा वढिको राहत समाग्री वितरण गरेको छ। विराटनगर महानगरपालिका तथा कटहरी गाउपालिकाका विभिन्न स्थानमा पुगेर चारसय परिवारलाई सो मुल्य वरावरको राहत समाग्री वितरण गरिएको तरुणदल मोरङ अध्यक्ष सन्जय थापाले बताए।

वाढिपिडितहरुलाई कम्वल, त्रिपाल, औषधि, चामल, दाल लगायको राहत समाग्री वितरण गरेको छ। तरुणदलले वाढि पिडित सहयोग अभियान संचालनगरेर राहत समाग्री जुटाएको हो। 

यसैविच तरुणदल मोरङले विराटनगर–८ वलुवाईका ५० परिवारलाई आज राहत वितरण गरेको छ। उनीहरुलाई प्रतिपरिवार ६ हजार मुल्य वरावरको राहत समाग्री वितरण गरिएको अध्यक्ष थापाले बताए। वाढि पिडितलाई वाल्टिन, चामल, दाल , कम्वल , सावुन , व्रस लगायतका राहत समाग्री वितरण गरेको छ। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, तरुणदल जिल्ला अध्यक्ष सन्जय थापा , तरुणदल नगरअध्यक्ष सन्तोष न्यौपाने लगायतले सयुक्त रुपमा राहत वितरण गरेका थिए। टोकनको आधारमा राहत वितरण गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ