arrow

नाडाको अवसरमा रक्तदान कार्यक्रम

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
nada.jpg

काठमाडौं।  नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा अटो ब्यबसायी लगायत सर्वसाधारण सहभागी भएका थिए ।

 राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि जारी राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए ।
 
नाडाका महासचिब कृष्ण प्रसाद दुलालले उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा  भइरहेको रगत अभाबलाई ध्यान दिदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए ।

१३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ