arrow

प्रमाण फेला पर्ने वित्तिकै गोपाल खड्कालाई कारवाही हुन्छ : आपुर्तिमन्त्री मण्डल

'ठूला घरानाका उद्योगपतिहरु नै कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्न संलग्न देखिए'

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
shiv_kumar_mandal.jpg

काठमाडौं । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै विषय भएकोले प्रमाणित भएमात्रै कारवाही गर्ने बताएका छन्  ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले भने,‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन।’ यद्धपी उनले संसदको सार्वजनिक लेखा समितिमा उक्त विषयबारे केही कैफियत भएको ठहर गर्दै अख्तियारलाई पत्र पठाएको छ तर मन्त्रालयमा बोधार्थ भने आएको आफ्नो जानकारीमा नभएको स्पष्ट पारे ।

उनले आफूले कारवाही नै नगर्ने भनेर कहीँ कतै नबोलेको समेत जिकिर गरे । मन्त्री मण्डलले थपे,‘तथ्य र प्रमाणले दोषी ठहरिए कारवाही हुन्छ, दोषी ठहरिए कारवाही गर्ने कुरामा हामी कुनै हालतमा पनि ‘कम्प्रोमाईज’ गर्दैनौं।’ उनले मन्त्रालयको तर्फबाट कानुनी कारवाही गर्ने कुरामा आफ्नो कुनै कसर बाँकी नराख्ने वचनवद्धता दोहोर्याए ।

उनले आफूलाई अहिलेसम्म कसैबाटपनि कुनै ‘प्रेसर’ नआएको उल्लेख गर्दै भने,‘शिवकुमार मण्डल प्रेसरबाट डराउँदैन्, त्यस्तो प्रेसरले मलाई छुनेवाला छैन।’

जग्गा खरिद प्रकरणको बारेमा समाचार लेखेकै भरमा एक दैनिक पत्रिकालाई ८० करोड क्षतिको माँग दाबीसहित मुद्दा हालेको विषयमा तपाईको धारणा के हो भनि सोधिएको एक प्रश्नमा उनले थपे,‘यो विषयमा मैले बोल्न मिल्दैन, तर मैले जहाँसम्म सुनेको छु एकले अर्कालाई अहिले आरोप लगाएका छन्, उनीहरुको कुरा नै अनुशन्धानको विषय बनेको छ, आयल निगमले आफूले भनेको जग्गा नकिनिदिएकोले समाचार लेखेको हो भनेर दाबी गरेको छ, यो उहाँहरुकोवीचको कुरा हो।’

त्यस्तै उनले असोज २ गते हुने प्रदेश नम्बरको दुईको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गरे । उनले भने,‘एजेण्डा र मुद्दाको हिसावले हाम्रो पार्टी पहिलो हुन्छ भन्ने हाम्रो माँग दाबी हो, तर निर्वाचनमा जे परिणाम आउँछ हामी स्विकारेर अघि बढ्न तयार छौं।’ निर्वाचनमा परिवर्तनकारी र आन्दोलनको नेतृत्व गर्ने दलहरुसँग तालमेल गर्ने बताए । यद्धपी उनले एजेण्डा र मुद्दा उठानका हिसाबले आफ्नो पार्टीलाई कसैसँगपनि तालमेल गर्न आवश्यक नरहेको जिकिर गरे ।

त्यस्तै मन्त्री मण्डलले कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिए।   मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे । उनले भने,‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अतिआवश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनै पनि हालतमा उन्मुक्ति दिँदैनौं, ठुला ठुला उद्योगपतिहरु कालोबजारीया, कृत्रिम अभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं, र कानुनी दायरामा ल्याएरै छाड्छौं, कडाभन्दा कडा कारवाही गर्छौं।’

 मन्त्री मण्डलले अति आवश्यकीय वस्तुहरुमा घातक कुराहरु मिसावट भएको पाईएकोले आफूहरुले अनुशन्धान र निगरानी बढाईरुहेको जानकारी दिए । उनले थपे,‘स्वस्थ रुपमा बाँच्न पाउने अधिकारमाथि खेलबाड भएको पाईए, हामी जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरेरै छाड्छौं।’

मण्डलले अहिले खाद्यान्न आपुर्ति सहज भएको समेत जिकिर गरे । उनले थपे,‘हामीले सुपथ मुल्यमा हिजोबाट पसलहरुपनि सञ्चालनमा ल्याएका छौं, दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर हामीले सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएका हौं।’ त्यस्तै उनले यो चाडपर्वसम्म कुनैपनि खाद्यान्नमा वा अतिआवश्यक वस्तुमा मुल्य नबढाउने समेत विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ