arrow

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
artha-mantri.jpg

काठमाडौँ। असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रु ५१ हजार १०० कोषमा जम्मा गर्दै उनकै पहलमा औपचारिकरुपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । 

कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरिब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पु¥याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको बताए। अर्थमन्त्री कार्कीले सुरुआत गरेको उक्त कोषमा आजै रु तीन लाख ७३ हजार रकम जम्मा भएको छ । रकम देशभरका सबै जिल्लामा बसोबास गर्ने सुतार कार्कीले जम्मा गरेका हुन् । 

कोषमा रकम उपलब्ध गराउनुहुने अन्य व्यक्तिमा क्रमशः सुरेन्द्र कार्की रु ५० हजार १०५, कुमार कार्की रु ५० हजार १००, विष्णुबहादुर कार्की रु ५० हजार १०५, सन्तोष कार्की रु पाँच हजार, श्रीमन कार्की रु ११ हजार, रामजी कार्की रु १५ हजार र राजाराम कार्कीले रु ११ हजार १११ उपलब्ध गराएका थिए । 

त्यसैगरी, सो कोष अभिवृद्धिका लागि आजै इन्द्रबहादुर कार्कीले रु पाँच हजार ५००, बाबुकाजी कार्कीले नौ हजार ९९९, ताराबहादुर कार्कीले रु ११ हजार १११, संकट कार्की पाँच हजार १११, प्रद्युम्न कार्की रु सात हजार, टीकाराज कार्की रु सात हजार ११, प्रेम कार्की रु पाँच हजार पाँच, रामहरि कार्की रु तीन हजार ३३३, मोहन कार्की रु पाँच हजार, शिवराज कार्की रु पाँच हजार १०० र नकुल कार्की रु पाँच हजार ५५५ गरी २१ जना व्यक्तिले उक्त रकम हस्तान्तरण गरेका हुन् । 

कोष अभिवृद्धि समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले पढ्नबाट बञ्चित हुन पुगेका बालबालिकाको हितमा कोष स्थापना गरिएको जानकारी दिए। उनले कोषमा क्रमशः रकम बढाउँदै जाने र खर्चको अभावमा पढ्न नपाएका बालबालिकालाई यसको व्याजबाट रकम उपलब्ध गराउँदै जानुपर्ने बताए । 

सुतार कार्की सेवा समितिले समाजमा रचनात्मक कार्य अगाडि बढाउने नीति लिएलगत्तै मन्त्री कार्कीले आज समितिको १६औँ साधारणसभामा सो रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा समितिका अध्यक्ष दिव्यध्वज कार्कीले मुलुकका कुनै पनि स्थानका असहाय तथा जेहेन्दार बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गर्नुपरेको बताए । महासचिव हरि कार्कीले प्राप्त रकमको सही सदुपयोग गर्ने वचन दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ