arrow

ओलीले कार्यकर्तालाई भने– एमालेलाई विजयी गराउने गरी लाग्नुस्, घात नगर्नुस्

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय तह अन्तर्गत प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताए ।

“नेकपा एमालेले प्रदेश नम्बर २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष ओलीले कार्यकर्तालाई एमालेबारे प्रदेश नम्बर २ मा भ्रम फैलाएको भन्दै त्यसलाई सामना गरेर अघि बढ्न भनेका छन् । ओलीले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चावन्दी गरेको आरोप समेत लगाए ।

एमाले नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने जिकिर गरे । पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने जिकिर गरे । महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन भने ।

निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला”–महासचिव पोखरेलले भने ।

विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताए ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।

एमाले काठमाडौँ–प्रदेश नम्बर २ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्याङ्कन, आर्थिक, यातायात र प्रचारप्रसार उपसमितिसमेत गठन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ