arrow

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा, अग्रपंक्तिमा विमल र नवयुग

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
football-new.jpg

काठमाडौँ । ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।

एसियन कप–२०१९ को छनौट चरणअन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार एन्फा मैदान सातदोवाटोमा प्रतिष्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ र बिकेश कुथु गोलरक्षक छन् । रक्षकमा बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ छन् ।

यसैबीच, मध्यपंक्तिमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, विक्रम लामा, बिशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ रहने छन् । अग्रपंक्तिमा भने विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ