arrow

रोकिएन विदेश जार्ने लर्को, एउटै कार्यक्रमका लागि १० सचिब र १४ सहसचिब चीन जाँदै

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Kathmandu-airport.jpg.jpeg

काठमाडौं । सरकारका १० सचिब, १४ सहसचिब र एक उपसचिबसहितको जम्बो टोली विदेश भ्रमणमा निस्किने तयारीमा छ ।

कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो ।

चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिब र सहसचिबहरु १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।

उनीहरु चीन सरकारको सार्बजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्किन लागेको सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ ।

सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्बजनिक प्रशासनको अनुभव आदानप्रदान र विकासका मोडेलहरुको अध्ययन गर्न यस्तो हुन लागेको बताएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ