arrow

एमालेमा राष्ट्रपतिबारे चर्को मतभेद

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
528834428.jpeg

काठमाडौं । राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा एमालेभित्र अनेक मत देखापरेका छन्।  अन्नपूर्ण पोष्टमा बालकुमार नेपाल लेख्छन्–पार्टीका पदाधिकारीहरूबीच नै यस विषयमा सहमति नभएपछि बुधबार राति अबेरसम्म टुंगो लाग्न सकेको छैन।शीर्ष नेताहरूबीच यसबारे भएको छलफलले कुनै निष्कर्षमा निकाल्न सकेको छैन।
 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने प्रस्ताव अगाडि सारे पनि महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालको नाम लिएका थिए। तर नेपाल स्वयंले भने राष्ट्रपति हुने प्रस्ताव ठाडै अस्वीकार गरेका थिए।
 
'साथीहरूले राष्ट्रपतिमा मेरो पनि नाम अगाडि सार्नुभएछ तर मैले अहिले हुन्न, त्यसमा मलाई इच्छा छैन भनें,' नेता नेपालले भने, ‘उहाँहरूको जोड थियो तर मैले नै हुन्न भनेको हुँ।' अर्का उपाध्यक्ष भीम रावलले पूर्वअध्यक्ष झलनाथ खनालको नाम प्रस्ताव गरेका छन्। उनले खनालको नाममा सहमति नभए निर्वतमान सभामुख सुवास नेम्बाङको नाम लिएका थिए।
 
'यस विषयमा अनौपचारिक छलफल भइरहेको छ, औपचारिक कुनै छलफल भएको छैन,' स्थायी समिति सदस्य सुरेन्द्र पोण्डेले भने। तीन दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्री एमालेले लिएपछि सभामुख एमाओवादीलाई र राष्ट्रपति एमालेलाई दिने सहमति भएको छ।  अहिलेको समीकरणमा कुनै तलमाथि नपरेमा उपराष्ट्रपति एमाओवादीले पाउने सम्भावना बढेको छ।सहमतिका नाममा प्रधानमन्त्रीले अरू पार्टीलाई आवश्यकभन्दा बढी मन्त्रालय र स्थान दिएको भनेर एमालेभित्र असन्तुष्टि सुरु भएको छ।
 
प्रधानमन्त्री आफैंले अरू पार्टीसँग सोझै डिल गर्दा यस्तो अवस्था आएको नेताहरूले बताएका छन्। स्रोतका अनुसार एमालेका केही स्थायी समितिका सदस्यहरूले समीकरणका विषयमा अलग्गै कार्यदल बनाएर छलफल नगरेकाले राम्रा र धेरै मन्त्रालय अरूलाई दिनुपरेको गुनासो गरेका छन्।
 
स्थायी समिति सदस्य पाण्डेले प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग शक्ति बाँडफाँटका लागि अलग्गै कार्यदल नबनाएर सोझै आफैले गर्ने गरेकाले धेरै अरूलाई दिनुपरेको गुनासो गरे। उपमहासचिव घनश्याम भुसालले त अहिले संस्थागत तरिकाले कुनै निर्णय हुने छाडेकाले आफूले त्यसमा जोड दिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ