arrow

सूर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु 

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
suryakumar_chhetri.jpg

काठमाडौ । पत्रकार तथा गीतकार स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा आइतबारदेखि मिडियाकप फुटसल प्रतियोगिता सुरु भएको छ । ललितपुरको भैसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रिपोटर्स क्लव नेपाल तथा नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलालले गरेका छन् ।

दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश ओटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए । 

पहिलो पटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको र अहिले उठ्ने रकम अर्का पत्रकार संजय सन्तोषी राईको उपचारका लागि सहयोग गरिने उनले बताए । 

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया आजै काठमाडौँको शिक्षण अस्पतालमा हुँदैछ । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र दोस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यसअघि गत बर्ष भएको पहिलो प्रतियोगितामा इमेज च्यानल पहिलो र नेपाल टेलिभिजन दोस्रो भएका थिए। 

झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ब्रेन ट्युमरका कारण गत बर्ष बैशाखमा निधन भएको थियो । २०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भरिएपनि सफल हुन सकेको थिएन । 

स्याङ्जामा जन्मिएर पाल्पा, बुटवल हुदै काठमाडौलाई पत्रकारिताको कर्मथलो बनाएका क्षेत्री प्रेस युनियनका सचिव समेत थिए । उनकी श्रीमती र छोरा काठमाडौमै बस्दै आएका छन् भने परिवारका अन्य सदस्य गृहजिल्ला स्याङजामै बस्दै आएका छन् । क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि थिए । उनको धोका दिनेलाई के भनौ र खै‘.., धानको सिरौँला, औठी चिनो छ‘,लगाएतका गीतहरु अहिले पनि चर्चित छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ