arrow

'उपयोग गर्न नजान्दा अहिलेसम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर'

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ १८ आइतबार
chiranjeevi_nepal.jpg

पाल्पा । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपाली जनताले पैँसा र बैंकलाई बुझ्न नसक्दा युवाहरु विदेशिनु परेको बताएका छन् । पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारे । 

प्रसस्त सम्भावना र अवसर हुदाँहुदैँ पनि युवाहरु विदेशिँदा हाम्रो मुलुकमा विकास नभएको हो उनले भने । आईतवार पश्चिम पाल्पाको रैनादेवी गाँउपालिकाको छहरामा सिटीजन्स बैंकको ६० औँ शाखा उद्घाटन गर्दै वित्तीय संस्थालाई उपयोग गरी कृषि, पशुपालन, फलफूल खेती गर्न उनले स्थानीयलाई आग्रह गरे । 

सरकारले सबै स्थानीय तहका केन्द्रमा वित्तीय सुविधा तथा पहुँच पु¥याउने नीति अनुरुप ७ सय ४४ मध्ये १२५ केन्द्रमा बैंकिङ सेवा पुग्न बाँकी रहेकोमा केही समय भित्र सबै ठाँउमा पु¥याईने गर्भनर नेपालको भनाई थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले आफ्नो बैंक आर्थिक पारदर्शीता र सुशासन कायम गर्ने भएको बताउदै निक्षेप भन्दा कर्जामा बढी लगानी गर्ने बैंक भएकोले जनताको आयआर्जनमा बृद्धि गराउने बैंक भएको दावी गरे । 

रैनादेवी गाँउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बैंकले व्यापार भन्दा सेवा मूलक कार्यमा जोड् दिनुपर्ने बताउदै पैसा विना काम गर्न पाईन भन्ने कुराको अन्त्य हुनुपर्नेमा  जोड दिए । कार्यक्रममा कृषि विकास बैंकका सिर्इओ लिला प्रकाश सिटौलाले सीप र जाँगर भएका जनता अब पैसा विना कुनैपनि काम गर्नबाट रोकिन नपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ