arrow

नेविसंघ नेता पहाडबाट तराई झरेर राहत बाँड्दै

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
nebisangh_news.jpg

गौशाला । नेपाली काँग्रेस निकट भ्रातृ संगठन नेविसंघले तराईका जिल्लामा राहत वितरण गरिरहेको छ । यसै क्रममा नेविसंघका नेताहरु सामूहिक र एकल राहत विवरणमा सक्रिय छन् ।

नेविसंघका नेता दुर्गा कापडी समेत राहत वितरणका लागि तराई झरेका छन् । डडेल्धुराका कापडी राहत वितरण गर्न सर्लाही, महोत्तरी र धनुषा पुगेका हुन् ।

नेविसंघको राजनीतिमा सक्रिय कापडीले तराईका बाढिपीडित परिवारका विद्यार्थीलाई कापी, कलम, झोला वितरण गरेका छन् ।
उनले पीडितलाई त्रिपाल, चामललगायत उपभोग्य सामानहरु समेत वितरण गरेका छन् । तराईको बाढीपीडितको समस्या ल्याएर काठमाडौंमा पनि पहल गर्ने उनेको योजना छ ।

तराईमा बाढीले निजी तथा सरकारी संरचनामा क्षति पुगेको छ । विद्यालयमा बढी क्षति पुगेको छ । तराईको जनजीवन सामान्यतिर ल्याउन विद्यार्थी संगठनहरु सक्रिय भएका छन् । बाढीपीडितको समस्याप्रति राज्यलाई संवेदनशीलन हुन भन्दै उनले स्वास्थकर्मी र औषधिको व्यवस्थालाई ध्यान दिन माग गरेका छन् ।

स्वाथ्य सम्बन्धि विभन्न समस्याहरु निम्तिन सक्ने भन्दै उनले स्वयंसेवाका लागि समेत सबैलाई आह्वान गरेका छन् । उनले भनेका छन्, ‘सहयोगीहरुले स्वयंसेवक खटाएर जनजीवन सहज बनाउन प्रयत्न गर्नु पर्दछ । महिला, बालबालिका, अपाङ्ग, वृद्धवृद्धाको स्वास्थ स्थितिमा विशेष ख्याल पुर्‍याउनु पर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ