arrow

इराकको ताल अफारमा दुई हजार लडाकू मारिएको इराकी सेनाको दाबी

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Afganistan_Attack.jpg.jpeg

बग्दाद । इराकको मोसुलमा पर्ने ताल अफारमा भएको प्रतिकारात्मक सुरक्षा कारबाहीमा परी दुई हजारभन्दा बढी इस्लामिक स्टेट (आइएस)का लडाकू मारिएका छन् । 

कारबाहीका क्रममा अरू ५० जना आत्मघाती बम हमलाकारी पनि मारिएको इराकी सेनाले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । 

“गत अगस्त २० देखि ३१ सम्ममा सरकारी सुरक्षाकर्मीहरुको प्रतिरक्षात्मक कारबाहीका क्रममा परी दुई हजारभन्दा बढी लडाकू र ५० जना आत्मघाती बम हमलाकारीको मृत्यु भएको छ,” संयुक्त कारबाहीका कमाण्डर जर्नेल अब्दुल्ला अमिर याराल्लाहले भने । 

संयुक्त सुरक्षा कारबाहीका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । 

उनले १२ दिने सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीतर्फ ११५ जना सहिद भएको र ६७९ जना घाइते भएको जानकारी दिए । 

“इराकी सुरक्षाकर्मीहरुको मृत्युको यो तथ्याङ्क ल्यायो, त्यसले ताल अफार क्षेत्रमा अबको लडाइँका बारेमा अवश्य पनि महसुस गर्नेछ,” उनले भने। 

सैन्य टोलीले ४० हजार ७५८ जनालाई ताल अफार र त्यस वरिपरिको क्षेत्रबाट हटाएको थियो । अगस्ट २० भन्दा अगाडि १८ हजार ८२२ जनालाई र २१ हजार ९३६ जनालाई १२ दिने सैन्य कारबाहीको बेला विस्थपित त्यहाँबाट हटाइएको याराल्लाहले बताए । 

ताल अफार क्षेत्र झण्डै तीन हजार २०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसअन्तर्गत जुम्मार, माहालाबियाह र अयाधीयाह गरी तीनओटा सहर पर्दछन् । ताल अफार क्षेत्रले अरू ४७ ओटा गाँउ समेटेको छ ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ