arrow

स्थानीय तह चुनाव : प्रदेश २ मा माओवादी केन्द्र र राजपा मिलेर चुनाव लड्दै

माओवादीको नारा –‘रोजगारी’, राजपाको नारा –‘संविधान संशोधन’

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार

काठमाडौं । पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा काँग्रेससँग तालमेल गरेर तेस्रो बनेको माओवादी केन्द्र तेस्रो चरणको चुनावमा भने राजपासँग मिलेर चुनावमा होमिदै छ ।

माओवादी केन्द्रले २ नम्बर प्रदेशमा पहिलो हुँदै पहिलो र दोस्रो चरणको हार पूर्ति गर्ने रणनीति लिएको छ । जसका लागि केन्द्रका शीर्ष नेताहरुनै दुई नम्बर प्रदेशमा खटिएका छन् ।

माओवादी केन्द्रले प्रदेश २ मा पहिलो हुन महत्वकांक्षी योजनाहरुसहितका नारा अघि सारेको छ । जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र वैदेशिक रोजगारको कार्यालय २ नम्बर प्रदेशमा राख्ने माओवादी केन्द्रका योजना छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा मधेसमा राम्रै उपस्थिति देखाएको माओवादीले दोस्रो संविधान सभामा भने सप्तरी बाहेकका जिल्लामा खासै राम्रो उपस्थिती जनाउन सकेन ।

दोस्रो संविधानसभा र पहिलो तथा दोस्रो चरणमा गरेको कम्जोरीलाई सुधार गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयंम तराई झरेका छन् । अयोध्यादेखि जनकपुरसम्म रामायण सर्किटको द्रुत गतिमा निर्माण पहल गर्ने र जनकपुरलाई महानगर बनाउन प्रयास गर्ने बाचासहित दाहाल आफै घरदैलो गरिरहेका छन् । भरतपुर महानगरमा आफ्नै छोरी विजयी गराएका दाहालले वीरगञ्ज र जनकपुरमा राम्रो उपस्थिति जनाउने रणनीति अख्तियार गरेका छन् ।

उता, संविधान संसोधनकोमा अडिक भएर पहिलो तथा दोस्रो चरणको निर्वाचनमा भाग नलिएको राष्ट्रिय जनता पार्टी राजपा नेपाल संसदबाट संशोधन विधेयक फेल  भएसँगै संविधान संशोधनलाई नै मूल नारा बनाएर चुनावी मैदानमा उत्रिएको छ ।
 
राजपाले २ नम्बर प्रदेशमा संविधान संसोधनको मुद्दालाई जोडतोडका साथ उठान गर्दै मतदाताको ध्यान आफंनो पक्षमा तान्ने रणनीति लिएको छ । मधेसको मूल मुद्दा संविधान संशोधन नै रहेको भन्दै राजपाले संशोधनमा असहयोग गर्ने दलविरुद्धको रणनीति समेत अख्तियार गरेको छ । संविधान संशोधनमा असयोग गर्नेलाई जनताले नै तह लगाउने राजपाको धारणा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ