arrow

मुख्य दलका नेताहरुले नै भने-प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहियो

‘यही निर्वाचनबाटै मूल एजेण्डा बनाउनु पर्छ’

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
news_Capture.jpg

काठमाडौं । मुख्य दलका नेताहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा उभिएका छन् । अबको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन संविधान कार्यान्वयनका लागि मात्र नभई व्यवस्था फेर्ने उपयुक्त समय भएको भन्दै दलका नेताहरुले आगामी यही निर्वाचनमै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली मूल एजेन्डा बन्नु पर्ने नेताहरुको तर्क छ ।

काठमाडौँमा आयोजित ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक अन्र्तक्रिया कार्यक्रममा अमुख दलका नेताहरुले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा जोड दिए ।

काँग्रेस नेता प्रदीप गिरीले राजनीतिक प्रणाली परिवेश र परिस्थितिको उपज भएकाले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषयलाई प्रश्नोत्तरको विषय बनाउन सामयिक हुने बताए । नेता गिरीले यो उपयुक्त समय भएको समेत बताएका छन् ।

एमाले सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमै चुनावी एजेन्डा बनाउनु पर्ने बताए । उनले सवल राष्ट्र र बलियो सरकार बनाउनका लागि पनि मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्कता रहेको औँल्याए । यद्यपि, पहिले माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषय उठान गर्दा एमाले काँग्रेसकै एजेण्डामा गएको थियो ।

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा जनमत सिर्जना गर्ने भनेर आफ्नो पार्टीले  औपचारिक निर्णय गरिसकेको बताए ।
उनले आगामी प्रदेश  प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई पार्टीको मूल मुद्दा बनाएर लैजाने घोषणा गरिसकेको पनि जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शक्तिशाली सरकारको पक्षमा उभिनुपर्ने बेला आएको बताए । अध्यक्ष लोहनीले सन्तुलन र नियन्त्रणको परिधिभित्र रहेर शक्तिशाली कार्यकारीको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले मुलुकमा विकास र समृद्धिको लहर ल्याउन पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा बहस सुरु गर्नु रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली दलहरुको पूर्वशर्त नै भएको जिकिर गरे ।

नयाँ शक्तिले गरेको कार्यक्रममै भट्टराईले राजनीतिक स्थायित्व नभई मुलुक समृद्ध नहुने भएकाले पनि पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली स्थापनाका लागि दबाब अभियाननै सञ्चालन गर्नु परेको पनि बताए । नयाँ शक्तिले कार्यकारी राष्ट्रपतिकै विषयलाई छलफलमा ल्याएको हो । नेपाली राजनीतिक वृत्तमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बसह चर्को रुपमा उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ