arrow

नाकाबन्दीबाट खनालले सिकेको पाठ ?

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
jhala-nath-khanal.jpg.jpeg
पोखरा । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर बन्ने पाठ सिकाएको बताएका छन् ।  प्रेस चौतारी नेपाल कास्कीले गरेको पत्रकार भेटघाट कर्यक्रममा नेता खनालले सधैँ भारतमाथि निर्भर रहिरहने र बेलाबेलामा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने गरेकाले अब यो नाकाबन्दीलाई आर्शिवाद सम्झेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । 
 
नेता खनालले तराईका जिल्लामा शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको बताउँदै मधेसी मोर्चाले उठाउँदै आएका मधेस दुई प्रदेश सम्भव छैन भने ।  व्यवस्थापिका–संसद्को दुई तिहाईबाट मात्रै संविधान संशोधन गर्न नसकिने भएकाले यो चाहिन्छ र उ चाहिन्छ भनेर बखेडा नझिक्न सम्बन्धित पक्षसँग आग्रह गरे । सरकार जति गतिशील र प्रभावकारी हुनुपर्दथ्यो त्यो हुन नसकेकामा असन्तोष व्यक्त गर्दै उहाँले जटिल चुनौतीको सामना गरी काम गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ