arrow

एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा सचिव पदका सशक्त उम्मेदवार होमनाथ गौतम, यस्तो छ प्रोफाइल

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार

अमेरिका । एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा नेपाली डायस्पोरामा एनआरएनको सबैभन्दा बढी सदस्य भएर पनि उल्लेखनीय योगदान दिन पछि परिरहेको संस्थालाई नवीन सोचसहित योगदान दिन सक्छु भन्ने प्रतिबद्धताका साथ होमनाथ गौतमले सचिव पदमा उम्मेद्वारी दिने निश्चय गरेका छन् ।

संस्थाको स्थापनाकालदेखि नै सक्रिय गौतमले सन् २००४ देखि २०१३ सम्म रसियामा रहँदा एनआरएन रसियाको अडिट डिपार्टमेन्टको प्रमुख तथा निर्वाचन समितिको सचिव पदमा रही कार्य गरेको तथा एनआरएन आइसीसीको छैटौं क्षेत्रीय सम्मेलनमा सवारी व्यवस्थापनको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

अग्रजहरुसित लामो समयदेखी संस्थामा आवद्ध भई प्रत्यक्ष वा परोक्ष काम गरेका कारण गौतमले एनआरएनलाई राम्ररी बुझेको र त्यही अनुभबलाई एनआरएन अमेरिकामा सदुपयोग गर्ने चाहना राख्छन् ।

सन् २०१३ मा अमेरिकामा बस्न थालेपछि एनआरएनका विविध गतिविधिमा संलग्न हुँदै अमेरिकामा सम्पन्न ९ औं क्षेत्रीय सम्मेलन सफल पार्न भूमिका निर्वाह गर्नुका साथै हाल एनआरएन आइसीसी नीति तथा कार्यक्रम उपसमितिको सदस्यका रुपमा सक्रिय छन् ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारासहित विदेशमा नेपालीहरुले सिकेको सीप, ज्ञान, कला र आर्जित पूँजी मातृभूमिमा लैजाने एक कर्मठ सिपाहीको भूमिका निर्वाह गर्न तथा मातृभूमिमा आइपर्ने समस्याहरुमा मलमपट्टी लगाउन कोशिस गर्ने लगायतका उद्देश्य पूर्तिका लागि उम्मेदवारी दिने घोषणा गरेको सचिवका उम्मेदवार गौतम बताउँछन् ।

झापामा जन्मिएका गौतमले विद्यालयस्तरीय अध्ययनकै सिलसिलामा २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आफ्नो राजनैतिक यात्रा तय गरेका थिए । मेची क्याम्पस भद्रपुरबाट प्रविणता प्रमाणपत्र तह र महेन्द्रक्याम्पस धरानबाट व्यवस्थापन संकायमार्फत स्नातक पूरा गरी भारतको इस्टिच्यूट अफ चार्टर्ड एकान्टेन्टबाट सिए अध्ययन गर्न सफल भएका गौतम त्यसपछि थप कामको सिलसिलामा रसिया गएका थिए ।

राजनीति र समाजसेवालाई एकैसाथ अगाडि बढाएर नेपाल र नेपालीको समुत्थानमा योगदान गर्न सकिन्छ भन्ने सोचका गौतमले आसन्न एनआरएन एनसीसी अमेरिकाको सचिव पदमा निर्वाचित भएमा नेपाल र अमेरिकाका नेपालीबीच सम्बन्धसेतूको रुपमा काम गर्ने विचार रहेको बताए ।

संस्थालाई स्वतन्त्र, निश्पक्ष, पारदर्शी तथा सहयोगी बनाउदै सबैको समुन्नत्ति र हितमा अग्रसर गराउनेतर्फ मनसा, वचना र कर्मणा लाग्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

उनको उम्मेद्वारीले एनआरएन अमेरिकाको निर्वाचनमा थप रौनकता छाएको छ । अमेरिकी नेपाली समाजमा हुने गरेको चर्चा परिचर्चामा त गौतम सचिव पदमा निर्विरोध हुनसक्ने अनुमानसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ