arrow

बेमौसमी बाजा : सरकारले स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्छ

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
Kamal-Thapa.jpg.jpeg.jpeg
काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहमा मन्त्री थापाले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताए । 
 
मन्त्री थापाले भने,‘स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वााचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।’ थापाले  एक वर्षभित्र कोटेश्वरको तीनकुनेमा विशाल बौद्ध स्तम्भ निर्माण गर्न र महानगरका सम्पूर्ण सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिए ।  आफ्ना काम कारबाहीलाई पारदर्शी एवम् जनताको अपेक्षाअनुसार अगाडि बढाउनुपर्नेमा थापाको जोड छ । 
 
आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक लैजाने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले सोहीअनुसारको योजना तथा कार्यक्रम बनाएर काम गर्न मातहतका निकायलाई निर्देश गरे । देशका विभिन्न समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र त्यहाँ आवद्ध विविध क्षेत्र, जाति, भाषा धर्म मान्ने सभासद्को साझा सहमतिको दस्तावेज संविधान विश्वकै उत्कृष्ट भएको मन्त्री थापाको भनाई छ । 
 
केही व्यक्ति तथा समुदायले जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै मन्त्री थापाले तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ छैन भने । वार्ताको वातावरण बनिरहेका बेला मन्त्री थापाले मधेस आन्दोलनविरुद्ध समेत बोल्न भ्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ