arrow

भ्रष्टाचारीले चुनाव लड्न नपाउने व्यवस्था सहितको विधेयक संसद्को पूर्ण बैठकद्वारा पारित   

३ प्रतिशत थ्रेस होल्ड

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Nepal-Parliament-October9.jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभाको निर्वाचनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ३ प्रतिशत थ्रेस होल्डको व्यवस्था सहितको सो विधेयकमा आफूहरुलाई पाखा लगाउने नीति लिईएको भन्दै सोमबारको बैठकमा केही सांसद्हरुले यसको विरोध समेत गरेका थिए । यद्यपि संसद्को बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । 

ऐनमा भ्रष्टाचारको अभियोग पुष्टि भएका व्यक्तिले आजीवन निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था ल्याईएको छ । जसलाई धेरैले स्वागत पनि गरिरहेका छन् । संसद्मा बोल्दै यो ऐनले सबै क्षेत्रको संसद्मा प्रतिनिधित्व होस् भन्नको लागि समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई भरपुर मात्रामा समेटेको भन्दै विधेयक पारित गराउन आग्रह गरेका थिए । 

संसद्मा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सोमबार मात्रै राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिनिधि सभाको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि असन्तुष्टि जनाएका छन् । व्यवस्थापिका संसद्को सोमबारको बैठकमा भएको विधेयक माथिको छलफलमा राखिएको ३ प्रतिशतको थ्रेस होल्डको बारेमा उनले गुनासो गरेका हुन् । 

उनले तीन दलमात्रै लोकतन्त्रका र गणतन्त्रको ठेकेदार जस्तो व्यवहार गरिएको भन्दै पञ्चायतको विरुद्ध लडेका र राजाको विरुद्ध लडेकाहरुलाई त्यसै बाहिर राख्नेगरी ऐन ल्याईएको गुनासो गरे । 

त्यस्तै, ठूलादलहरु सधैं आलोचनाको शिकार बनिरहेको भन्दै ती दलहरु पनि राष्ट्रियतासँग सम्झौता गरेर टिकीरहेको आरोप लगाए । उनले ठूला दलहरुको यही राष्ट्रियताको विरुद्धको काममा विरोध गरेका कारण आफूहरुलाई संसद्मा प्रवेश गर्नै नदिएको आरोप पनि लगाए । 

सो विषयमा उनी सहित केही साना दलका नेताहरुले विरोध गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ