arrow

मुस्लिम समुदायबाट चुनावमा भिड्न कांग्रेसका यस्ता छन् उम्मेदवारहरु

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Eid-embrace-in-kathmandu.jpg

ललितपुर । नेपाली कांग्रेसले २ नं प्रदेशका स्थानीय तहको नेतृत्व गर्न मुस्लिम समुदायका अगुवाहरुलाई सम्मानपूर्वक अगाडि सारेको छ ।नेपाली कांग्रेसले सोमवार सार्वजनिक गरेको नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुमा मुस्लिम समुदायका महिला र पुरुष दुवै परेका छन् ।

कांग्रेसले रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवि, परोहा नगरपालिकामा प्रमुखमा  शेख वकिल,  राजपुर नगरपालिका प्रमुखमा मो सकिल अख्तर र गुजरा नगरपालिका प्रमुखमा शेष दाउदलाई उम्मेवार बनाएको छ । कांग्रेसले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा साबिर हुसेन,बाराको  फेटा गाउँपालिकाको अध्यक्षमा रुस्तम अन्सारी र महोत्तरीको साम्सी गाउँपालिका अध्यक्षमा रंकिब शेख उम्मेदवार बनाएको छ  ।

बाराको कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुन, महोत्तरीको मटिहानी नगरपालिका उपप्रमुखमा जुमैदा खातुन, पर्साको पोखरीया नगरपालिकाको उपप्रमुखमा रेहबा खातुन, जगरनाथपुर गाउँ पालिका उपाध्यक्षमा मैमुल नेशालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

यस्तै रौतहटको इसनाथ नगरपालिकाका उपप्रमुखमा शेष कलाम हुसैन, राजपुर नगरपालिकाको उपप्रमुखमा जकिरा खातुन र बृन्दाबन नगरपालिकाको उपप्रमुखमा नूर जहाँलाई कांग्रेसले उम्मेद्वार बनाएको छ ।

यसरी नै कांग्रेसले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा सखिना खातुन  र छिन्नमस्ता गाउँपालिकामा सहिदा खातुनलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

सर्लाहीको मलंगवा नगरपालिकाको उपप्रमुखमा शवनम मिकरानी कांग्रेसको उम्मेदबार बनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ