arrow

एसियन कप–२०१९ को छनोट : नेपाल र ताजकिस्तान आमुन्ने-सामुन्ने हुँदै

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Coach-in-training--nepali-team-news.jpeg

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार ताजकिस्तानसँग खेल्दै छ । खेल ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मैदानमा अपराह्न ३ बजेपछि सुरु हुनेछ । नेपाल र ताजकिस्तानबीचको खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसके पनि अंकविहिन भने नहुने बताए ।

उनले एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने छ, भने । एसियन कप छनोटको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको छ ।

त्यस्तै, ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताए । एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ