arrow

नयाँ संविधानले सबै नेपालीको बाटो खुल्ला गरेको छः आङदम्बे

जनताको आँगनमा कांग्रेस अभियान

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
bhishma-raj.jpg.jpeg
निर्मल खत्री, म्याग्दी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद भिष्म आङदम्बेले नेपालको नयाँ सविधानले सबै नेपालीहरुको बाटो खुल्ला गरेको बताएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रीक सविधानले नेपालका सम्पूर्ण जातजाति, भाषा, धर्म, बर्ग र समुदायलाई समेटेको उनको भनाई छ। 
 
नेपाली कांग्रेको म्याग्दीले जनताको आँगनमा कांग्रेस अभियान अन्तर्गत पश्चिमी भेग ओखरवोट फुलबारीको एक कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले नै नेपालीको अधिकार सुनिश्चित गरेको भन्दै कम्युनिष्टहरुले गरिव जनतालाई नाम चलेको सामान जस्तै बिकाउ बनाएको आरोप लगाए। गरिव जनताको नाममा उनिहरुले नै धन कुम्लाएको उनले बताए।
 
नेपाली कांग्रेस म्याग्दीले चलाएको जनताको आगनमा कांग्रेस भन्ने अभियान अन्र्तगत मंगलबार ओखरवोट फुलबारीमा नेपाली कांग्रेस म्याग्दीका सदस्य दिल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेसका म्याग्दीका सभापति एवम सांसद रेशम बानियाँले म्याग्दी हुने बिकास निर्माणको कार्यमा केन्द्रमा सबै सांसदहरु मिलेर कुरा गरेकोले म्याग्दीको बिकास निर्माणमा अहिले ठुलो रकम भित्रिएको बताए। 
 
दलित कार्यवाहक अध्यक्ष दमन घिमिरेको स्वागत नेबिसंघ जिल्ला सचिव चक्र केसीको संञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति खम्वीर गर्वुजा, निर्बतमान सभापति डाः भुपेन्द्र खड्का, महासमिति सदस्यद्धय चिरन्जीबि शर्मा, नेत्र महत, तरुणदल अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघ अध्यक्ष बिमला गौचनले मन्तब्य राखेका थिए। कार्यक्रममा रुम निस्कोट दरबाङ्ग ओखरबोटका एक सय ४७ जना एमाले एमाओबादी परित्याग गरि नेपाली कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेस म्याग्दीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ