arrow

विश्वकप छनोटमा जर्मनीको अपराजित यात्रा कायमै, नर्वेमाथि आधादर्जन गोल

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
germany1.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलमा विश्वकप विजेता जर्मनीको विजयी यात्रा कायमै रहेको छ । जर्मनीले युरोपेली क्षेत्रको समुह सी को आठौं खेलमा नर्वेमाथि ६–० को जित दर्ता गरेको हो ।

सतप्रतिशत नतिजा ल्याउने क्रममा जर्मनीलाई जिताउन टिमो वेर्नरले २ तथा मेसुट अजिल, हुँवा ड्राक्सलर, लिओ गोरज्का र मारियो गोमेजले १ गोल गरे ।

यो समूहको अर्को खेलमा अजरबैजानले सान मारिनोलाई ५–१ ले तथा नर्दन आयरल्याण्डले चेक रिपब्लिकलाई २–० ले हरायो । 
जर्मनी २४ अंकबाट शिर्ष स्थानमा रहँदै विश्वकप छनोट नजिक पुगेको छ । नर्दन आयरल्याण्ड १९ अंकबाट दोस्रो स्थानमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ ।

अजरबैजान, चेक रिपब्लिक, नर्वे र सान मारिनो विश्वकप छनोट होडबाट बाहिरिइसकेका छन् । 

Mario Gomez scored Germany's sixth and final goal to round off a dominant performance 

Mesut Ozil opened the scoring and then turned provider as the Arsenal man was in good form 

Northern Ireland secured second spot in their World Cup qualifying group on Monday night

Chris Brunt celebrates scoring Northern Ireland's second of the night against Czech Republic

Brunt's free-kick from range sailed into the bottom corner to double the lead on Monday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ