arrow

सघन छलफल हुन पाएन - मोर्चा

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
jaycees-intraction-.jpg.jpeg
काठमाडौँ  । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले धेरै दिन बिराएर छोटोछोटो गरी भइरहेको बैठकले निकास दिन नसक्ने भएकाले सघन छलफलको आवश्यकता रहेकोमा जोड दिएका छन् । 
 
नेपाल जेसिजले नयाँ संविधान कार्यान्वयनका समस्या र समाधान विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मधेसी नेता कर्णले वार्ता सकारात्मक भए पनि सघन नभएको बताए ।  “हामीले उठाएका हरेक विषयमा मज्जाले छलफल गर्न पाएमा निकास निस्कने थियो, तर तीन दलका नेता कहिले के भनेर कहिले के भनेर छलफल टुङ्ग्याउनु हुन्छ, गम्भीर छलफल हुनै पाएको छैन,” उनले भने । 
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वार्ता सकारात्मकतर्फ गएको भए अब जनतालाई कष्ट दिने आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरे । 
 
नेकपा ९एमाले०का केन्द्रीय सदस्य ठाकुर गैह्रेले संविधानमा मधेसी मोर्चाले उठाएका ११ बुँदाबाहेक अरु सबै राम्रा विषयवस्तु समावेश गरिएको बारेमा जनतालाई प्रष्ट पानुपारे । 
 
भारतका लागि नेपालका पूर्व राजदूत तथा नेपाल जेसिजका संस्थापक अध्यक्ष डा भेषबहादुर थापाले तत्कालको समस्याका आधारमा दुई देशको सम्बन्धमा दीर्घकालीन असर पर्ने गतिविधि नगर्न सुझाव दिए । 
 
कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष जगत पोख्रेलले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउन तथा समस्या समाधानका लागि दबाब दिन तराईका विभिन्न जिल्लामा अभियान चलाउन लागिएको जानकारी दिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ