arrow

अन्नबाली छाडेर नगदेबाली तिर आर्कषित बन्दै बागलुङ किसान, रोजार्इँमा अलैँची

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ २० मंगलबार
Alaichi_photo.jpg

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका २ र ३ दमेकका किसानहरु पछिल्लो समयमा नगदेबालीमा आर्कषित भएको छन । उनीहरुले आफ्नो बाँझो र खाली जग्गामा अन्नबाली छोडेर अलैँची खेतितिर आकर्षित भएका हुन । पछिल्लो समय युवा बैदेशिक रोजगारीमा जाने क्रम नरोकिएर जनशक्ति अभाव भइरहेको अवस्थामा यहाँका किसानहरुल अलैँची खेती गरी व्यवसायिक बन्न थालेका छन । 

सुरुमा परिक्षणका रुपमा  बाँझो र पाखो जमिनमा लगाइएको अलैँचीले राम्रो आम्दानी दिने भएपछि किसानहरु अन्य खेती छाडेर उव्जाउ जमिनमा समेत अलैँचीका विरुवाहरु रोप्न थालेका बताउँछन । ‘पहिले त कस्तो हुन्छ भनेर हामीले आफ्नै घरमा लगायौँ’ गाजा सामुदायीक कृषि सहकारीका अध्यक्ष होमनाथ सापकोटाले भने, ‘राम्रो हुने देखिएपछि समुहिक रुपमा मिलेरै अलैँची खेती सुरु गरेका हौँ ।’हाल सय रोपनी जग्गा लिँजमा लिएर सहकारी मार्फत अलैँची खेतीलाई व्यवसायिक रुपमा अगाडी बढाएको अध्यक्ष सापकोटाले बताए ।  

साविकको दमेक गाविसका किसानले सहकारीमा आवद्ध भएर उनीहरुले ११ हेक्टर क्षेत्रफलमा फैलिएको जग्गामा अलैँची रोपेका छन् । उनीहरुले अलैँची नर्सरी स्थापना गरेर विरुवा विक्रि गर्ने व्यवस्था सहकारी मार्फत मिलाएका छन । अहिले ८ लाखदेखि ९ लाख विरुवा निकाल्ने गरि  नर्सरीको तयारी भएको अध्यक्ष सापकोटाले बताए । सहकारी मार्फत अलैँचीको फल र विरुवा दुवै उत्पादन गरेर विक्री गर्ने गरेका छन ।

किसानहरु एक सय रोपनी जग्गा भाडामा लिएर सहकारी मार्फत अलैँचीको व्यवसायीक खेती सुरु  गरेका छन । गत बर्ष अलैँचीका विरुवा मात्रै विक्रि गरेर करिव १० लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । अहिले भने खेतीयोग्य जमिनमा समेत अलैँचीका विरुवा हुर्किरहेका छन । यसबाट आगामी बर्ष उनीहरुले झन्डै ५० लाख आम्दानी गर्ने लक्ष्य लिएका छन । गाउँ—गाउँमा सहकारीले सुरु गरेको अलैँची खेती राम्रो भएपछि अलैँचीका विरुवाहरुको माग समेत बढ्दै जान थालेको दमेकका स्थानीय किसान आनन्द अम्माईले बताए । 

‘पोहोर परार खेर गएको बारीमा कस्तो हुन्छ भनेर लगायौँ । आम्दानी पनि राम्रै भयो । अहिले अरु बालीनालीको ठाउँमा अलैँचीका विरुवा रोपेको छु ।’ अम्माईले भनेँ,‘अलैँची खेती राम्रो र माग पनि उत्तिकै भएको छ । विरुवा विक्रि भइरहेकाले आम्दानी राम्रो भएको छ ।’ उनी मात्रै होईन सहकारीमा आवद्ध भएका अन्य किसानहरु पनि अलैँची खेतीले राम्रो प्रतिफल दिन थालेपछि खुसी छन । बागलुङ जिल्लामा झन्डै ३० हेक्टर बढी क्षेत्रफलको जमिनमा अलैँची खेती गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । जिल्लाको दुदीलाभाटी,अर्गल,बुर्तिवाङ, हिल,दमेक,राङखानी र बरेङ अलैँची खेतीका लागि उपयुक्त ठाउँ मानिन्छन । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत बर्ष पश्चिम खर्वाङ क्षेत्र तिर १ लाख बढी अलैँचीका विरुवा वितरण गरेको जनाएको छ । यस बर्ष दमेक क्षेत्रमा १ लाख ५० हजार अलैँचीका विरुवाहरु वितरण गरिएको कार्यालयले जनाएको छ । केही किसानले आफ्नै जग्गामा र केहीले भने भाडामा लिएर अलैँची लगाईरहेका छन । त्यहाँका किसानहरुले सुरु गरेको अलैँची खेतीले अन्य वडाका कृषकहरु समेत अलैँची तर्फ आकर्षित हुने गरेका छन । अलँैची खेतीका लागि सिँचाईयुक्त क्षेत्र, बनजंगल र केही चिस्यान सहितको जमिन आवश्यक हुने गर्दछ । अलैँची औषधीको रुपमा मात्र नभएर विभिन्न परिकार,उच्च गुणस्तरको वास्नादार परिकार र स्वादका लागि प्रयोग हुने गर्दछ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ