arrow

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक ः  राष्ट्रपति चिनफिङ्

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
china-india-flag-1.jpg.jpeg

सियामेन (चीन)  । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन्  । 

चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ । 

चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राखेको  सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ । 

चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताएका थिए । 

दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उहाँको जोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उहाँले सो भेटका क्रममा जोड दिनुभएको थियो । 
उनीहरुबिच  द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ । 
एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ