arrow

घरेलु मैदानमै आएर ताजकिस्तानले अंक खोस्यो, विमल बाहेक कोही चलेनन्

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
team_nepal.png

काठमाडौं । एएफसी एसियन कप छनोट फुटबल छनोटको तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग हारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपाल २–१ ले हारेको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले मध्यान्तरपछि १ गोल फर्काएको थियो ।

नेपालले २५औं मिनेटमा पहिलो र ३०औं मिनेटमा दोस्रो गोल खाएको हो । नेपालले ६१औं मिनेटमा गोल गर्दै हार अन्तर मात्रै कम गर्न सक्यो । विमल घर्तीमगरले नेपाललाई गोलविहिन हुनबाट जोगाए । खेलपूर्व भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले जित्न नसकेपनि अंक खोस्न नदिने बताएका थिए ।

समूह ‘एफ’मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो । यमनसँगको बराबरीले नेपालको एक अंक मात्रै छ । ताजिकिस्तानले भने दुबै खेल हारेको थियो । नेपालले ताजकिस्तानविरुद्ध पराजय व्यहोरेसँगै अर्को चरण पुग्ने सम्भावना कठिन भएको छ । अंक समीकरणअनुसार नेपाल पुछारमा छ ।

समूहको शीर्ष दुईमा रहने टोली युएईमा २०१९ मा हुने एसिया कपका लागि छनोट हुने छन् । समूहका सबै चार टोलीले एक–अर्काविरुद्ध ‘होम एन्ड अवे’को आधारमा कुल ६ खेल खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ