arrow

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं । एनसेलले  इन्टरनेट प्रयोगकर्ताहरुका लागि सुलभदरमा नयाँ डेटा प्याकहरु ल्याएको छ ।  योजना अन्तर्गत ग्राहकले  डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु रु १० देखि रु १५०० सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार  कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।  

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता रहेको छ ।  ।अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले  १० मा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयामा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु ३० मा १०० एमबि, रु ५० मा २०० एमबि र रु ७० मा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजा लिन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबि, रु ३०० मा १२५० एमबि, रु ५०० मा २५०० एमबि र रु १५०० मा १०००० एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै रु १५०० मा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्त गर्नेछन् र न्युनतम २ पैसा प्रति एमबिमा  डेटा सेवाको मजा लिन सक्नेछन् ।

यो योजना यहि बुधबारदेखि ९० दिनको लागि लागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका रहेका हुन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ