arrow

कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालन गर्न कांग्रेस नेता लेखक अग्रसर

दक्षिणतिर ५ सय मिटर क्षेत्रफल बढाउन वन मन्त्रालय सहमत

logo
ईश्वर दत्त बडू
प्रकाशित २०७४ भदौ २० मंगलबार
ramesh_lekhak_kanchanpur.jpg

कञ्चनपुर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले बन्द रहेको कञ्चनपुर स्थित मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन अग्रसर देखिएका छन् । लामो समयदेखि बन्द रहेको उक्त विमानस्थल सञ्चालन प्रकृयामा रहेको उनले बताए । 

मंगलबार महेन्द्रनगरमा संचारकर्मीसंग कुराकानी गर्दै लेखकले बषौँदेखि बन्द रहेको मझागाँउ विमानस्थल पुनः संचालन गर्न आफ्नो र पार्टीका तर्फबाट सम्बन्धित निकायमा विशेष पहल गरिएको बताए । ‘पछिल्लो समयमा निर्माण भएको काँग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारका पालामा यो विमानस्थल संचालन गर्ने प्रकृया शुरु भएको हो, ‘लेखकले भने, ‘प्रकृया अघि बढिसकेको छ, यसका लागि वन मन्त्रालयले विस्तृत प्रयावरणीय अध्ययन गर्नुपर्ने भएकाले यसमा केही समय लाग्छ । ‘मझगाँउ विमानस्थललाई गुणस्तरीय र फराकिलो बनाउन दक्षिणीतिर ५ सय मिटर क्षेत्रफल बढाउनुपर्ने बताउदै पुर्वमन्त्री लेखकले यसका लागि वन मन्त्रालयसंग माग गरिएको बताए । 

कञ्चनपुर क्षेत्र नम्बर ४ निर्वाचित सांसद लेखकले बन्द रहेको मझगाँउ पुन संचालनका लागि पटक पटक आफु स्वयम गएर यहाँको जनताको आवाजलाई नागरिक उड्ययन मन्त्रालयसम्म पुर्याएको बताउदै आफूले पहल गरेपछि मन्त्रालय यसमा गम्भिर भएर लागेको बताए ।

गुणस्तरीय र फराकिलो विमानस्थल बनाउन वन मन्त्रालय समेत सहमत भएको उनले बताए । यसका लागि  प्रकृयागत रुपमा अघि बढ्दा केही ढिलो हुन गएको उनको भनाई छ । वन मन्त्रालयले एयरपोर्टका लागि दिने जमिनको विस्तृत पर्यावरणीय सर्वेक्षण गर्नु नागरिक मन्त्रालयले अनुमती दिएको बताउदै पुर्व मन्त्री लेखकले बन्द रहेको विमानस्थल संचालन हुने विश्वास व्यक्त गरे। आफुले पहल गरेपछी नागरिक उड्ययान मन्त्रालयले यसमा चासो व्यक्त गर्दै संचालन प्रकृयामा शुरु गरेको बताए । 

पूर्व नागरिक उड्ययन मन्त्री जिवन शाहीले कञ्चनपुर, दाङ्ग, धरान लगायतका बन्द रहेका विमानस्थल पुन संचालनका लागि मन्त्रालय मार्फत विषेशल पलह भएको बताए । नेपाली आकाशमाथि लागेको हवाई प्रतिबन्ध हटाउन आफुले भूमिका निर्वाह गरेको बताउदै पूर्वमन्त्री शाहीले कञ्चनपुरका सांसद तथा पुर्व मन्त्री लेखककै पहलमा बन्द रहेको कञ्चनपुरको मझगाँउस्थित विमानस्थल पुनः संचालन प्रकृयामा गएको बताए । अन्तराष्ट्रिय हवाई उडान संगठनले महत्वपूर्ण सुरक्षा सरोकारका मापदण्ड पुरा नगरेकाले नेपाली आकासमाथि प्रतिबन्ध लगाएको थियो । पूर्वमन्त्री शाहीले आफू मन्त्री भएको बखत उक्त मापदण्ड पुरा गरी हवाई प्रतिबन्ध हटाएको बताए । 

यहाँका स्थानीयले पटक पटक बन्द रहेको विमानस्थल संचालन गर्न माग गर्दै आएका भएपनि यसमा कसैले पनि चाँसो दिएका थिएनन् । आफ्नै जिल्लामा विमानस्थल हुँदाहुदै पनि धनगढीबाट हवाई यात्रा गर्नुपर्ने बाध्यता यहाँका जनताले भोग्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ