arrow

काठमाडौं महानगरपालिकाको बोर्ड बैठक समयमा बस्न सकेन, एजेन्डाबारे जानकारी नदिएको भन्दै वडाध्यक्षहरु रुष्ट

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
kathmandu-metro-meeting.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको बुधबार बिहान ८ बजे बोलाइएको बोर्ड बैठक अहिलेसम्म बस्ने सकेको छैन ।

बोर्ड बैठकका लागि वडाध्यक्षहरु ढिला गरी पुगे पनि मेयर र उपमेयरको ढिलाइका कारण बैठक बस्न नसकेको हो । 
बैठकका एजेन्डा २४ घण्टा अगाडि उपलब्ध गराउनु पर्नेमा अहिलेसम्म जानकारी नगराइएको भन्दै एमालेका वडाध्यक्षहरु समेत आक्रामक बनेका छन् । 
स्रोतका अनुसार बिहीबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सपथ खाएको एक सय दिन पुगेको उपलक्ष्यमा पत्रकार सम्मेलन गरी एक सय दिनमा गरेका कामको जानकारीसहितको पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

सोही पुस्तक पारित गराउन बैठक बस्न लागेको हो । शाक्यले एक सय दिनमा एक सय एक काम गर्ने जनाए पनि उल्लेखनिय केही नभएको भन्दै चर्को आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ