arrow

भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
gauri-lankesh.jpg

बैंगलोर । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको मंगलबार राति गोली हानी हत्या भएको छ ।

५५ वर्षीया गौरी लंकेशको काम सकेर घर जाँदै गर्दा मंगलबार राति ७ः३० देखि ८ बजेको समयमा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले उनी ढोकातर्फ जाँदै गर्दा टाउको, घाँटी र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

 ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी गौरी  ‘लंकेश’ पत्रिकाको सञ्चालिका थिइन् । 

गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

लंकेश कन्नडको ट्याबलोइड पत्रिका हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ