arrow

काठमाडौं महानगरको १६ नं वडाद्वारा २ प्रतिशत मात्रै बहालकर लिने घोषणा (पत्रसहित)

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
16_oda.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नं वडाले बहालकर बापत २ प्रतिशत मात्रै कर लिने घोषणा गरेको छ । यस अघि असार ३१ गतेको महानगरपालिकाको पहिलो नगरपरिषद्को निर्णयबाट १२ प्रतिशत बहालकर उठाउने निर्णय गरिएकोमा १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालले विज्ञप्ती जारी गरी यस्तो घोषणा गरेका हुन् । 

रिजालको हस्ताक्षर रहेको सो विज्ञप्तीमा आफ्ना वडाबासीहरुलाई घरबहालबापतको शुल्कमा १२ प्रतिशत नदिई २ प्रतिशत मात्रै कर उठाउने निर्णय गरिएको जनाईएको छ । विज्ञप्ती जारी भएपछि अध्यक्ष रिजालले हाम्राकुरासँग कुराकानी गर्दै आफूहरु जनताको प्रतिनिधिभएकोले जनतालार्इ समस्या हुनेकाम टुलुटुलु हेरेर बस्न नसक्ने भएकोले आफूले यस्तो निर्णय गरेको बताए । 

यो निर्णय त नगरपरिषद्को निर्णय विरुद्ध भएन र ? भन्ने प्रश्नमा रिजालले वडाका सबै सदस्यहरुले हस्ताक्षर गरेर गरेको निर्णय त्यसमा पनि यो जनताको हितको निर्णय भएकोले नगरपरिषद्को निर्णय विरुद्ध भयो भनेर आत्तिनु नपर्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ