arrow

फिदिम फालोट सडकको काम समयावधिमा सकिएन, स्थानीय मर्कामा

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७४ भदौ २२ बिहिबार
bajhanga_sadak.jpg

पाँचथर । पाँचथरको फिदिम फालोट अन्र्तगत फिदिम देखि नाँगिनको सल्लेरी सम्मको सडक स्तरोन्नित समयमै नसकिँदा स्थानियहरु मर्कोमा परेका छन् । गजुरमुखी निर्माण सेवा प्रा.लि.इलामले १५ करोडको लगानीमा २ बर्षमा काम सक्ने गरी आयोजनाको जिम्मा लिएको उक्त सडकको अहिले सम्म पनि काम नसकिँदा स्थानियहरु बर्षादमा हिल्लामे र हिउँदमा धुलै बाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

अहिले पनि नाली कटिङ, वाल लगाउने,सोलिङको काम बाँकी नै रहेको र अहिले सम्म ८० प्रतिशत मात्रै काम सकिएको जिल्ला समन्वय समितीका इन्जिन्यिर प्रेम काफ्लेले बताए । २ बर्षको अवधि गत ०७४ असार मसान्तमै सकिएका थियो ।

तर समयमै काम सम्पन्न नभएपछि थप ६ महिनाको समय थपिएको र अव मंसिर मसान्त सम्ममा काम सकिने गजुरमुखी निर्माण सेवा प्रा.लि.का निर्देशक डम्बर खड्काले बताए । नाकावन्दी,बन्द हड्ताल,बर्षादको समयमा काम गर्न नसकिएको भन्दै ६ महिनाको समय थपिएको छ । अहिले काम नै नसक्दी फिदिम फालोट अन्र्तगत सल्लेरी देखि मेमेङ सम्म कालोपत्रे गर्न बजेट विनियोजन गरिएको छ ।

सडकमा ग्राभेल गरिने,तथा सडकको चौडा,नाली निर्माण गरिने,वाल लगाईने हुँदा सडक निर्माण पश्चात भने बाह्रैमास सवारी साधान संचालनमा आउने छन् ।
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ