arrow

बजारमा दूधको मूल्य नपाउँदा पुनर्बासमा गाई गोठ रित्तिँदै 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
punarwas_gai_palan.jpg

पुनर्बास । बजारमा न्यायोचित दुधको मूल्य नपाउदा व्यावसायिक गाई पालनमा लागेका पुनर्बासका कृषकहरुको गोठ रित्तिदै जाँदा आर्थिक बिकासमा चुनौती थपिएको छ । आर्थिक समृद्धिको गतिलो माध्यम ठानेर कञ्चनपुरको पुनर्बासमा फस्टाएको गाई पालन ब्यबसाय यति बेला संकटमा परेको छ । आफ्नो आय स्तर उकास्न हौसिएका कृषक हरुको पहलमा पुनर्बासमा बनाईएका १३ वटा उन्न्नत सुधारिएका आधुनिक गाई गोठ अहिले उजाड बन्दै गइरहेका छन् । 

भैसीको दुधको तुलनामा झण्डै आधा मुल्यमा गाईको दूध बिक्री हुन थाल्दा पुनर्बासका व्यावसायिक गाई पालनमा लागेका कृषकहरु मर्कामा पर्न थालेका हुन ।  बजारमा गाइको दूध भन्ना साथ सस्तो मुल्यमा बिक्री हुँदा लागत खर्च धान्न नसक्ने अबस्था आए पछि कञ्चनपुरको सुदुर पुर्वमा रहेको  पुनर्बासमा गाई पाल्दै आएका किसानहरूले गोठबाट गाई हटाउन थालेका हुन । 

केही समय अघि फस्टाउदै गएको व्यावसायिक गाई पालन ब्यबसाय अहिले ह्रास हुन थाले पछि आर्थिक स्तर खस्कने अबस्था देखिन थालेको छ । आठ लाख लगानी गरेर साइवाल र  होलस्टेन जातका ८ वटा जर्सी गाई पालेका  पुनर्बास-६ का कृषक बिष्णुप्रसाद अर्यालको गंगा गाई पालन फर्ममा यति बेला २ वटा गाई मात्र बाँकी रहेका छन् । 

किन घटे उनको सुधारिएको गोठबाट गाई कृषक अर्याल भन्छन् - पौष्टिक दाना प्रति केजी ३० भन्दा महंगो तर दूध प्रति केजी २५ भए पछि कसरी धान्ने किसानले ! समस्या यति मात्रै होइन गाईको दूध भन्ना साथ बजारमा देखिएको नकारात्मक सोचाइका कारण बिक्री मूल्य कम हुनु र प्राबिधिक जनशक्ति र ज्ञानको अभावका कारण पशुको नश्ल पहिचानमा समस्या हुँदा ब्यबसाय फस्टाउन नसकेको कृषक अर्यालले बताए। 

आर्थिक समृद्धिको भर पर्दो माध्यम देखिएको गाई पालन ब्यबसाय यति बेला किन जोखिम देखियो त ? पुनर्बास ६ मा ६ लाखको लगानी गरि फर्म स्थापना गरेका अर्का गाई पालक कृषक सोमराज बराल भन्छन् - गाई पालनमा लागत मूल्य भन्दा आधा मुल्यामा दूध बेच्नु पर्ने एका तिर छँदै छ अर्को समस्या भनेको नश्ल सुधारका लागि पशु सेवा कार्यालयबाट  उपलब्ध कृतिम गर्भाधान प्रबिधी प्रभावकारी नहुनु र बुढा र बहरहरुको बिक्री असहज भएकाले समेत ब्यबसाय प्रती कृषकको मोह भंग भएको हो । 

पुनर्बासको आर्थिक समृद्धिमा उल्लेख्य भुमिका निर्वाह गर्न सक्ने गाई पालन ब्यबसायलाई प्रबर्द्धन गर्न सघाउ पुग्ने कार्यक्रम गाउँ बस्तीमा पुगाउन सरकार र यसका निकायहरुको ध्यान पुग्न नसक्दा कञ्चनपुरको पुनर्बासमा स्थापित भएका गाई पालन फर्महरु अहिले धराशायी हुँदै गएको कृषकहरुको दुखेसो रहेको छ । 

टाट पल्टिरहेका गाई गोठ का कारण बाट खस्कदो आर्थिक स्तरका बारेमा गाई फर्म सञ्चालन गरेका पुनर्बास ६ का अर्का उधमी जीवन भण्डारी भन्छन् - गाईको दुधले न्यायोचित बजार मूल्य नपाउनु र न्युन प्राबिधिक जनशक्ति ,ज्ञानको अभाव र लागत मूल्य बढी हुनु लगायतका कारणले पुनर्बासमा गाई पालक कृषकहरुका लाखौं खर्चिएर स्थापना गरिएका गोठ रित्तिने अबस्थामा पुगेको हो । भैसीको दुधको तुलनामा  गाइको दुधले बजारमा कम मूल्य पाउने भएकाले आर्थिक भार खेप्दै आएका कृषकहरुका गोठ रित्तिदै गएकाले आर्थिक समृद्धि यसबाट नराम्ररी प्रभावित भएको जानकारहरु बताउछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ